प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी भुसाललाई

डिसी नेपाल
६ माघ २०८१ २०:०२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसालले प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारी पाएका छन्।

गृहमन्त्रीस्तरको यही माघ ४ गतेको निर्णयअनुसार डा. भुसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी पाएका हुन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ ग बमोजिम उनलाई कार्यकारी प्रमुखको जिम्मेवारी प्राप्त भएको हो।

पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया चलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *