हमाससँग युद्धबिरामको बिरोधमा इजरायली रक्षामन्त्रीले दिए राजीनामा
काठमाडौं । गाजामा एकातिर इजरायल र हमासबीचको युद्धविराम लागू भएको छ भने अर्कोतर्फ इजरायली सरकार समस्यामा परेको छ ।
हमासले आइतबार इजरायली बन्धकहरूको सूची इजरायललाई हस्तान्तरण गरेपछि गाजामा युद्धविराम सुरु भएको छ। यसैबीच इजरायली सरकारका तीन मन्त्रीले युद्धविरामप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।
इजरायलको अति दक्षिणपन्थी यहुदी शक्ति पार्टीले युद्धविराम सम्झौताको विरोध गरेको र सरकारबाट समर्थन फिर्ता लिइरहेको बताएको छ। यसपछि अब प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संसदमा निकै कम बहुमत बाँकी छ ।
इजरायलका राष्ट्रिय रक्षा मन्त्री र यहुदी शक्ति पार्टीका प्रमुख इटेमार बेन ग्भिर र यित्जाक वासरलोफ र इमहाइ इलियाहुले आइतबार बिहान राजीनामा दिएका छन्।
यद्यपि, अनादोलु समाचार एजेन्सीको रिपोर्ट अनुसार बेन-गभिरको पार्टीले समर्थन फिर्ता लिएको कारण सत्तारूढ गठबन्धनले संसदमा छवटा मात्र सिट गुमाउनेछ र यसले सरकारलाई कुनै खतरा हुने छैन।
इटेमार बेन ग्वीरले विगतमा पनि युद्धविराम सम्झौताको विरोध गर्दै आएका छन् । उनले गाजामा हमास विरुद्ध इजरायलको सैन्य कारबाहीलाई समर्थन गर्छन्।
प्रधानमन्त्री नेतन्याहुलाई दिएको राजीनामा पत्रमा इटेमार बेन गभिरले आफू सरकार ढाल्न काम नगर्ने तर युद्धविराम सम्झौताबाट आक्रोशित रहेको लेखेका छन् ।
उनले सम्झौतालाई “आतंकवादको विजय” भने।
Facebook Comment