दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको हिरासत २० दिन थपियो

डिसी नेपाल
७ माघ २०८१ १३:५७

काठमाडौं । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक योलको हिरासतको अवधि थप गरिएको छ ।

सियोल अदालतका न्यायाधीशले अनुसन्धानकर्ताहरूले योललाई थप २० दिनसम्म हिरासतमा राख्न सक्ने भन्दै वारेन्ट जारी गरेका हुन् । युन सुक योललाई बुधबार पक्राउ गरिएको हो ।

अन्वेषकहरूले उनलाई पक्राउ गर्नका लागि युन सुक योलसम्म पुग्न भर्याङ र तार काट्ने मेसिन प्रयोग गरे।

पक्राउलाई रोक्न राष्ट्रपति सुरक्षा सेवा (पिएसएस) का कर्मचारीहरूले ब्यारिकेडहरू लगाएका थिए। यसै क्रममा युन सुक योलका समर्थकहरु पनि भेला भएका थिए ।

गत वर्षको डिसेम्बरमा युन सुक योलले देशमा मार्सल ल लागू गर्ने घोषणा गरेका थिए र विवादपछि उनले फिर्ता लिएका थिए ।

त्यसपछि युन सुक योविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र संसदमा पारित भयो। युनविरुद्ध देशद्रोहको आरोपमा पनि अनुसन्धान भइरहेको छ ।

संवैधानिक अदालतले युन सुक योललाई महाभियोगमार्फत पदबाट हटाउनुको वैधानिकताको बारेमा निर्णय गरेको छैन।

यस कारणले, युन सुक योल प्राविधिक रूपमा अझै पनि दक्षिण कोरियाको राष्ट्रपति छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *