मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो

डिसी नेपाल
८ माघ २०८१ ८:३९

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यो गत वर्षको यसैअवधिको भन्दा १९.७९ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४२ करोड रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ५.१० प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ ।

गत वर्ष उक्त आम्दानी २ अर्ब ८ करोड थियो । यस बैंकको सञ्चालन नाफा पनि १६.४६ प्रतिशतले बढेको छ । त्यसैले पनि नाफामा सुधार आएको हो । बैंकले यो त्रैमासमा ७१ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

यसको वितरणयोग्य नाफा ५४ करोड २८ करोड रहेको छ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ३५ करोड रुपैयाँ जम्मा रहेको छ ।

यसको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ३६ पैसाले बढेर १४ रुपैयाँ २८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ २८ पैसा रहेको छ । बैंकको खराब कर्जा ९एनपीएल० भने २।५१ प्रतिशतबाट बढेर ३।९८ प्रतिशत पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *