अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

डिसी नेपाल
९ माघ २०८१ १३:५६

काठमाडौं । अस्ट्रेलियाले नेपालसामू १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालले आइसिसी महिला यू-१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालसामू अस्ट्रेलियाले १४० रनको लक्ष्य प्रस्तुत गरेको हो।

मलेसियाको वाइएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्न सफल भएको हो।

अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा सामान ३ चौका र छक्काको मद्दतले सर्वाधिक ४५ रनको योगदान गरेकी थिइन्। एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रनलगायत बनाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको हो।

यता, नेपालका लागि भने कप्तान पूजा महतोले तीन, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट मात्र लिन सफल भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *