नयाँ अध्यादेशबारे संसद्मा प्रतिरक्षा गर्न एमाले सांसदलाई प्रशिक्षण
काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको अध्यादेशको संसदमा प्रतिरक्षा गर्न आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलले विज्ञसमेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि प्रष्ट पार्दै सांसदलाई प्रशिक्षण दिएको हो। सरकारले ल्याएको अध्यादेशको महत्वका बारेमा सांसदलाई जानकारी गराएको र सदनमा थप शसक्त रुपमा धारणा राख्ने गरि अघि बढ्न प्रशिक्षणको आयोजना गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।
मुलुकको आर्थिक समृद्धिका साथै सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएपनि विपक्षी दलले अध्यादेशका नाममा सरकारलाई हिलो छ्याप्ने काम गरेकाले आफ्ना सांसदलाई अध्यादेशका बारेमा जानकारी गराइएको उनले बताए।
संवैधानिक दायराभित्र रहेर ल्याइएको अध्यादेशलाई माघ १८ गते सदनमा पेश गर्ने र प्रतिस्थापन विधेयकमार्फत व्यवस्थीत रुपमा अघि बढाउन सरकारलाई सुझावसमेत दिइएको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए।
Facebook Comment