दुई करोड २९ लाख बन्यो प्रहरीचौकी भवन

डिसी नेपाल
१० माघ २०८१ ९:४२

मुग्लिन (चितवन)। रत्ननगर नगरपालिका– ६ मा रु दुई करोड २९ लाख ४३ हजर पाँच सय १८ को लागतमा प्रहरीचौकी भवन निर्माण भएको छ ।
नवनिर्मित तीनतले भवनको बुधबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले नवनिर्मित भवनको उद्घाटन गरे। त्यस अवसरमा उनले प्रहरीका लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले पर्यटकीय गन्तव्य चितवनको राष्ट्रिय निकुञ्जसँग जोडिएको रत्ननगर नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ नम्बर वडाको शान्ति सुरक्षा हेर्ने गरी स्थापना गरिएको प्रहरीचौकीबाट स्थानीय लाभान्वित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्ण खनाल, रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलगायत उपस्थित थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *