लस एन्जलसमा फेरि भीषण आगो भड्कियो, हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियो

डिसी नेपाल
१० माघ २०८१ १०:४७

काठमाडौं । लस एन्जलसको जंगलमा फेरि भीषण आगलागी भएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ ।

कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको हो । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र स्कूलहरू छन्।

आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र हावा र सुख्खा झाडीहरूले आगो बढाउन इन्धनको रूपमा काम गरिरहेका छन्।

यस आगलागीबाट हालसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा क्षेत्र छाड्न बाध्य भएका छन् ।

अमेरिकाको क्यालिफोर्नियाको जंगलमा लागेको आगो निभाउन दमकल अझै जुटेको छ । आगलागी भएको एक साताभन्दा बढी भइसकेको छ ।

यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *