टिकटक अमेरिकी व्यापारीले किन्न लागेको डोनाल्ड ट्रम्पको संकेत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्यूजका पत्रकार सीन ह्यानिटीसँगको अन्तर्वार्तामा टिकटकका बारेमा सोधिएको प्रश्नको जवाफ अहिले चर्चामा छ ।
ट्रम्पले ह्यानिटीलाई भनेका थिए, “मलाई लाग्छ टिकटक हाम्रै वरपर हुनेछ।” ट्रम्पको यो भनाइबाट उनले टिकटकलाई अमेरिकी व्याकारीले किन्न खोजेको संकेत गरेको मानिएको छ ।
वास्तवमा ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्ने बेला अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । त्यहाँको सर्वोच्च अदालतले पनि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयलाई समर्थन गरेको थियो ।
यसपछि ट्रम्पले पदभार सम्हालेपछि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरे । यसमा टिकटकलाई ७५ दिनको समयसीमा दिइएको छ।
यो आदेशमा टिकटकको मूल कम्पनी बाइटडान्सले यो अवधिमा एप (टिक टक) बिक्री नगरेमा कानुनबमोजिम प्रतिबन्ध लगाउने बताइएको थियो ।
ट्रम्पलाई यो एपमार्फत चिनियाँ सरकारले अमेरिकी नागरिकको जासुसी गर्न सक्ने डरबारे पनि सोधिएको थियो ।
यसको जवाफमा ट्रम्पले भने, ‘तपाइँले चीनमा बनेका सबै कुराका लागि यो भन्न सक्नुहुन्छ । हाम्रा टेलिफोनहरू पनि चीनमै बनेका छन्।”
ट्रम्पले टिकटकका प्रयोगकर्ता मुख्यतया युवा रहेको बताएका छन् । उनले सोधे, “युवाको जासुसी गर्नु महत्त्वपूर्ण छ?” यसबारे ह्यानिटीले चीनले कुनै पनि व्यक्तिको जासुसी गरोस् भन्ने आफू नचाहेको बताए ।
ट्रम्पले भने, “तर तिनीहरूले तपाईको टेलिफोन बनाउँछन्। तिनीहरूले तपाइँको कम्प्युटर बनाउँछन। यो ठूलो खतरा होइन र ?”
Facebook Comment