भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीको सवारी दुर्घटनामा मृत्यु

डिसी नेपाल
११ माघ २०८१ १४:५०

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालय मधेश प्रदेशका चालक देवेन्द्र यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुणबहादुर सिंहले भौतिक पूर्वाधार मन्त्रालयका चालक धनुषाको लक्ष्मिनिया गाउँपालिका–१ का यादवको सवारी दुर्घटनामा मृत्यु भएको बताए।

शुक्रबार कार्यालय जाँदै गर्दा जनकपुरधामस्थित मधेश भवन अगाडि भएको मोटरसाइकल दुर्घटनामा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याएपछि चिकित्सले मृत घोषणा गरेको हो।

यादव सवार ज१ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेशको २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *