प्रतिशोधको दोसाँधमा आशिका: जिम्मेवार को?
ठ्याकै अहिले सामाजिक सञ्जाल एउटा बिषयमा यो चिसो मौसम तातिएको छ। त्यो थाहा होलानै आफूलाई सामाजिक अभियन्ता वा ‘राष्ट्रिय सचेत नागरिक अभियान’ कि मुख्य ब्यक्ति या लेडी सिंघमकी उपनाम पाएकी साथै जमानामा ‘खसिनी दीदी’ भनेर कुनै समय ट्रोल भएकी उर्फ आशिका तामाङको।
अभिनेत्री तथा अभियन्ता वा आशिका फाउण्डेशनकी आशिका तामाङ विरुद्ध सर्बप्रथम असोज ताका भक्तपूरको सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी परेको घटना ताजा नहुँदै अघिल्लो बुधबार माघ २ गते दिउँसो स्वयम्भुबाट नेपाल प्रहरीले पक्राउ गरेको हो। केही दिन हिरासतमा बसेकी उनलाई पुनः म्याद थप गरिएको छ।
आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो। म्याद सकिएसँगै प्रहरीले सोमबारै उनलाई दोस्रोपटक पाँच दिनका लागि म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको छ।तर यो बुझ्नु जरुरी छ की थुनेर म्याद थपेर समाधान हुने होइन।
आशिका विरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ त्यो जग जाहेरनै छ। पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको उनीविरुद्ध आरोप होस् या सरसफाइ, उपभोक्तालाई पानीको मूल्य, बिमानस्थलमा पार्किङ शुल्क लगायतका विषयमा सामाजिक संजालमा भिडियो पाेस्ट गर्दै आएकी थिइन्।
उनको यो ब्यबहार पहिलो पक्कै होइन। हरेक ठाउँमा उनको उपस्थितिले कतिबाट वाही वाही पाइन त कतै अहिले जस्तो कानुनको कठघरा सम्म आउन परेको अवस्था छ।
के उनले गरेको तरिका शैली सही छ त? भन्ने मुख्य बिषय हो। पक्कै पनि सही छैन तर उनको नियतमा खोट भने कही छैन र देखिँदैन। हो, उनको तरिका,शैलीमा प्रश्न उठाउन सकिएला तर उठान बिषय जायज देखिन्छ कहीँ कतै!
उनी पहिले नेपाली हुन् र बिबाह जर्मन नागरिकसँग गरिन् र अहिले उनी पूर्ण रुपमा जर्मनकै नागरिक भएका कारण त्यस बारे जर्मन दूताबाससम्म उनको घटनाबारे छलफल भएको छ या छैन त्यो थाहा हुनु पर्ने थियो।
उनलाई देशको माया छ आफ्नै देशको भलो चाहन्छिन् त्यो सत्य हो। तर यस्तो भनी रहँदा उनले गरेका क्रियाकलापलाई नजर अन्दाज गर्न मिल्दैन। गल्ती हरेक ठाउँमा छ। उनले जर्मन देखिन्, भोगिन् त्यहाँको जस्तो नियम कानुन खोजिन् त्यो आफ्नो देशमा खोज्नु स्वभाबिक पनि हो। तर यसलाई कसरी कुन तरिकले गर्दा ठिक हुन्छ त्यो जान्न र बुझ्न जरुरी छ।
आशिकासँग बिदेसी पासपोर्ट छ, घुम्न आइन् यहाँको बस्तुस्थिति देखिन्, केही गर्न मन लाग्यो होला। तर त्यस्तो भन्दैमा कानूनलाई हात लिनु उनको गल्ती मानिन्छ। बोल्न पाइने भन्दैमा जे पनि जहाँ पनि त्यस्तो अभद्र गर्नु, उनले गल्ती स्वीकार्न सक्नु पर्दछ,उनका धेरै त्रुटीहरु होलान्।
अहिले उनले देशमा केही गर्छु भन्नेले उनलाई प्रहरी प्रशासनबाट नमिठो पुरस्कार स्वरुप ठूलै अपराध गरे जसो गरी अनुसन्धानको घेरामा उभिन परेको छ। उनले क्यामेरा जडित चश्मा लगाएर भिडियो बनाउने गरेको कुरा सार्वजनिक भएसँगै प्रहरीले यसबारे अनुसन्धान गरेको जनाएको छ।
उनलाई राम्रोसँग थाहा छ के बिक्छ र चर्चित हुन्छ त्यस्तो ‘कन्टेन्ट’ लाई सूचना ज्ञानवर्द्धक सामग्रीभन्दा अरुलाई गाली गरेको, पिटेको, बाझाबाझ गरेको, तुच्छ बोलेको भिडियो बढी चासोका साथ सामाजिक सञ्जालमा हेरिएको पाइन्छ।
हुन त उनलाई हिरासतमा राखिएको छ। उनको गल्ती हो तर अपराध गरे जस्तो गरी साना-साना बच्चालाई आफ्नो आमाबाट अलगाएर प्रहरीले आफ्नो दम्भ अगाडि सारेको प्रस्ट देखिन्छ। अब उनका ती बच्चाहरुको जिम्मेवारी कसले गर्छ?
यदि उनी बिदेसी नागरिक भए पनि अभिभावकत्वको हिसाबले बच्चाहरुको रेखदेख गर्ने जिम्मा सरकारको हुनु आवश्यक हो।यदि नभएको खण्डमा जर्मन दूतावासलाई यो बारेमा जानकारी छ या छैन? आमाको गल्तीको सजाय किन अबोध बच्चाहरुले भोग्ने त? यस बिषयमा किन राज्य र अधिकारवादी निकाय मौन छ? किन प्रहरी र सरकारले बच्चाका लागी केही गर्न आवश्यक ठानेन?
उनले आफैं पनि भनेकी छिन्- मेरा बच्चाहरुले नेपाली बुझ्दैनन् र अत्यन्त साना पनि छन् यसको हेरबिचार उनलाई मानवीय रुपले पनि दिनु आवश्यक होला। अझ उनको यो गल्ती ठूलो थिएन। उनको गतिबिधि अराजक थियो थाहा सबैलाई छ, यसमा प्रहरीले दैनिक प्रहरी कार्यालयमा हाजिरी गर्ने गरी आइन्दा दिनमा पुनः गल्ती नदोहोरिने हिसाबले छाड्न पनि सकिने थियो। गल्तीनै हो भने सरकारले उसलाई आफ्नै देशमा डिपोट गर्न सक्ने प्राबधाननै छ।
एक हप्ता नाघिसके पनि प्रहरी आफैं अन्यौलमा देखिन्छ, आशिकालाई कुन बिषयमा मुद्दा चलाउने भनेर। अपराध भनौं भने त्यस्तो ठूलो केही देखिन्न। यो अपराध नभई उनले गरेका क्रियाकलाप एउटा गलत तरिका मात्र हो। हो, उनले एउटा अभियानमार्फत देशमा भएका बिकृति बिसंगतिलाई चिर्न गरेको चोखो काम थियो।
तर भई दियो गलत शैली! उनले पनि यस्ता काम गर्ने बेला अलि नियम कानून बुझेका या क़ानूनी परामर्श ब्यक्तिको सर सल्लाहमा यो कदम चाल्नु पर्थ्यो। हुन त ऊनी सायद कुनै पार्टीको झोले भएको भए यहाँसम्म पुग्ने पनि थिइनन् कि भन्ने पनि लाग्छ।
उनी यो कुरामा अडिग छिन् कि उनले यसलाई गल्ती मात्र ठानेकी छिन् न की कुनै जघन्य अपराध! त्यसैले हुनुपर्छ अहिलेसम्म कुनै वकील लगाउनेको चिन्ता छ, न त आफ्नै कलिला बच्चाहरुको रेखदेखनै! उनलाई थाहा छ, एउटा सामान्य कागज बनाएर माफ मागेर पनि छाड्न सक्ने प्राबधान छ भनेर। यो पनि बुझ्न पर्छ की उनले अभियान्ताको नाममा आफ्नो अराजक शैली र भाईरल हुने प्रबिधि हटाउन पर्छ।
अब रह्यो उनको गल्तीनै भए पनि उनको सजाय बच्चाहरुले भोग्न नपरोस्। एउटा आमासँग बच्चालाई अलगाएर त्यो न्याय होइन एउटा बैमनस्य, रिस पैदा गर्ने माध्यम हो। भबिष्यमा ति बच्चाहरुलाई केही भए त्यसको नतिजा यी दुई देशको सम्बन्धमा चिसोपन ल्याउने तुक नहोस्।
र, आगामी दिनमा उनले योग्य सल्लाहकार राखेर सही मुद्दा उठाई नियम कानून सम्बत् लाग्नु आवश्यक छ। तर कसैसँग झगडा गर्ने,नीउ खोज्ने, झम्टने ,चिच्याउने ,तोडफोड शैलीमा प्रस्तुत हुने,अरुको आत्म सम्मानलाई ठेस पुग्ने कार्य कसैलाई पनि मन पर्दैन।
तसर्थ भाइरल हुने रोगले हाम्रा सामाजिक मर्यादा, कानुनी मापदण्ड, नीति नियम र नैतिक आचरणलाई सम्मान गर्ने गरी यस्तो चटके चर्तिकलालाई मानिसहरूले उही पहिले आफ्नै चलचित्रको जस्तो मनोरन्जनको रूपमा हेर्न बेर लाग्दैन यो बुझ्नु जरूरी छ पहिले।
Facebook Comment