तनहुँमा १६ वर्षीया किशोरी बलात्कृत
तनहुँ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका-१ डुम्रे बस्ने भारत मोतीहरी घर भएका २२ वर्षीय श्रवण कुमार रहेका छन्।
उनले ती किशोरीलाई डर त्रास देखाई असोज १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment