प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी खुल्यो

डिसी नेपाल
१३ माघ २०८१ १०:२९

काठमाडौं। प्राइम कमर्सियल बैंकले आज आइतबारदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ।

यस कम्पनीले ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो। यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले यसमा न्यूनतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । यसमा माघ २० गतेसम्म आवेदन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *