आरम्भ चौतारी लघुवित्तको नाफा १६१.४२ प्रतिशत नाफा बढ्यो

डिसी नेपाल
१३ माघ २०८१ १०:४४

काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले नाफा कमाएको छ। कम्पनीले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको हो।

यो गत वर्षको भन्दा १६१.४२ प्रतिशतले धेरै हो। गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो। यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि १६१.४१ प्रतिशतले बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ। यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ।

यसको खुद ब्याज आम्दानी पनि २६.०२ प्रतिशतले बढेर १६ करोड १७ लाख रुपैयाँ कायम भएको छ। गत वर्ष यसले १२ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खराब कर्जा घटाउँदा पनि नाफा बढ्न पुगेको छ। गत वर्ष ४.६४ प्रतिशत रहेको आरम्भ चौतारीको खराब कर्जा अहिले घटेर २.९१ प्रतिशतमा झरेको छ ।

पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ छ। जगेडा कोषमा भने १५ करोड ८४ लाख रुपैयाँ छ। यता कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९९ पैसाले बढेर १७ रुपैयाँ ७९ पैसा (वार्षिक) कायम भएको छ। गत वर्ष प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८० पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *