नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

डिसी नेपाल
१३ माघ २०८१ ११:३१

काठमाडौं। नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।

यस कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। सभा द प्लाजा, पुल्चोक, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ।

यस अघि आयलले घोषणा गरेको एफपीओ निष्कासन गर्ने प्रस्ताव खारेज भएको छ। अब कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने जनाएको छ। हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले माघ २९ गते विशेष साधारण सभा बोलाएको छ ।

यसअघि एफपीओ जारी गर्ने भनिएकोमा उक्त निर्णय बदर गरी अब हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *