रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद थपिनुको कारण के हो ?

काठमाडौं। आत्महत्या दुरुत्साहन अभियोगमा हिरासतमा रहेका रवि लामिछानेसहितका ३ जनालाई जिल्ला अदालत चितवनले थप ५ दिन हिरासतमा राख्न आदेश दिएको छ । हिजो अदालत पेश गरिँदा अदालतले उनीहरुलाई रिहा गर्ने समर्थकको अपेक्षा थियो तर अदालतले ५ दिन म्याथ थप गरेको छ । यो विषयमा अहिले धेरै तर्कवितर्क भइरहेका छन् ।
प्रहरीले हिजो अदालतमा शालिकराम पुडासैनीले डोरी किनेको भिडियो प्राप्त भएको र त्यसको अनुसन्धान गर्नुपर्ने, पोष्टमार्टमको रिपोर्टमा अनुसन्धान गर्नुपर्ने, भिसेरा रिपोर्ट आउन वाँकी रहेको, न्यूज २४ का दीपक बोहोरा सहितका अन्यको बयान लिन बाँकी रहेको लगायतका कारण देखाउँदै तीन जनालाई हिरासतमा राख्न माग गरेको थियो ।
रवि पक्षका कानुन व्यवसायीले यी सबै कुराहरु उनहिरुलाई धरौटीमा छाडेर वा तारिखमा राखेर पनि गर्न सकिने भन्दै उनीहरुलाई छाडिदिनुपर्ने तर्क गरेका थिए । यद्यपि अदालतले सरकारी वकिलको तर्कलाई मनासिब ठान्दै उनीहरुलाई हिरासतमै राख्ने आदेश दिएको हो । अब ५ दिनपछि पुनः उनीहरुलाई अदालत पेश गरिनेछ । त्यतिबेला पनि अदालतसँग हिरासत अवधि लम्ब्याउने वा छाड्ने २ विकल्प हुनेछन् । प्रहरीले यो ५ दिनको अवधिमा प्राप्त तथ्यहरु कत्तिको बलियो रुपमा पेश गर्छ त्यसका आधारमा अदालतले निर्णय गर्नेछ ।
Facebook Comment