माइक्रोसफ्टले टिकटक किन्न सक्ने ट्रम्पको संकेत

डिसी नेपाल
१५ माघ २०८१ १०:४०

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी व्यापार किन्न सक्ने संकेत गरेका छन् । ट्रम्पले टिकटक किन्ने बिडिङ युद्ध हेर्न चाहेको बताएका छन् ।

ट्रम्पलाई माइक्रोसफ्टले अमेरिकामा टिकटक किन्न वार्ता गरिरहेको सम्बन्धमा सोधिएको थियो । यसमा उनले भने, “हो । माइक्रोसफ्टको टिकटकमामा धेरै चासो छ।”

गत हप्ता, ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरे जसमा टिकटकलाई ७५ दिनको समय दिइएको थियो। यो अवधिमा यसलाई अमेरिकी कम्पनीलाई बेच्नुपर्ने बताइएको छ । त्यसो भएन भने प्रतिबन्ध लगाइनेछ ।

यसअघि टिकटकको मूल कम्पनी बाइटडान्स कम्पनीले अमेरिकी व्यवसाय किन्न गरेको प्रयासलाई सर्वोच्च अदालतले खारेज गरेको थियो । यस पछि अमेरिकामा टिकटक बन्द भयो। तर, केही समयपछि फेरि छोटो सन्देश लिएर संचालन भयो । यसमा ट्रम्पलाई धन्यवाद दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *