स्वास्थ्य मन्त्रालयको सय दिने उपलब्धि : वित्तिय प्रगति २७.३६ र भौतिक प्रगति ४० प्रतिशत

डिसी नेपाल
१५ माघ २०८१ १७:४९

पोखरा । गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले कार्यकालको एकस दिनको उपलब्धि तथा कार्य प्रगति सार्वजनिक गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले सय दिनको उपलब्धि तथा कार्य प्रगति सार्वजनिक गरेको हो।

यस्ता छन् (१०० दिन) सम्पादित मुख्य मुख्य कार्यक्रमहरुको विवरण

(पदभार ग्रहण मितिः २०८१ कार्तिक ५)

क) नितिगत निर्णय

१) वन्यजन्तुबाट भएको क्षतिको रकम वितरण ( १ करोड १० लाख वितरण )

आ.व २०८०/८१ बाट हालसम्म वन्यजन्तुले पुर्याएको मानविय लगायत अन्य क्षतिको राहत वापत वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० बमोजिम राहत वितरण गरियो।

२) कार्ययोजना स्वीकृत

सर्वसाधारण जनताको घरकाज, जनसहभागिताद्वारा सञ्चालन गरिने सानातिना विकास निर्माण कार्य, दैवी प्रकोप र कृषि औजारका लागि आवश्यक पर्ने काठ दाउरा जिल्ला वन पैदावार आपूर्ति समिति मार्फत् उपलब्ध गराउने कार्यलाई व्यवस्थित, पारदर्शी, सरल एवं छिटोछरितो तुल्याउने नवलपुर जिल्लाको काठ दाउरा आपूर्ति समितिको आ व २०८१। ८२ को वार्षिक कार्ययोजना स्वीकृत।

डिभिजन वन कार्यालय स्याङजाको वन क्षेत्रको आवधिक योजना सहितको रणनीतिक योजना लागि प्रारम्भिक वातावरणीय परीक्षणको (त्इच्) स्वीकृत भएको।

डिभिजन वन कार्यालय लमजुङको वन क्षेत्रको आवधिक योजना सहितको रणनीतिक योजना स्वीकृतीको अन्तीम चरणमा रहेको।

३) ढलापडा रुख संकलन सम्बन्धी निर्णय

विगतमा बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ अनुसार तयार भएका सामुदायिक वन र साझेदारी वनहरुका वन कार्ययोजना बमोजिम काम गरीरहेका वनहरु उक्त कार्यविधि खारेज भएबाट वन पैदावार संकलन गर्न नपाउदा उपभोक्ताको कानुन बमोजिम गर्ने गरी ढलापडा रुख संकलन गर्न नीतिगत निर्णय भएको।

४) वन्यजन्तु उद्धार तथा व्यवस्थापन केन्द्र संचालन कार्यविधि २०८१ मस्यौदा तयार

मानव वन्यजन्तु विचको द्वन्द न्यूनीकरणको साथै सह अस्तीत्व कायम गर्ने र टुहुरा, असहाय, घाइते तथा समस्याग्रस्त वन्यजन्तुको उपचार, संरक्षण, पुनस्थापना र व्यवस्थापन गर्ने वन्यजन्तु उद्धार तथा व्यवस्थापन केन्द्र संचालन कार्यविधि २०८१ को अन्तिम मस्यौदा तयार गरी सहमतिका लागि आर्थिक मामिला मन्त्रालयमा पठाईएको।

५) वन नियमावली २०८१ मा संशोधन प्रस्ताव

गण्डकी प्रदेश वन नियमावली, २०८१ को अनुसूची २ मा डिभिजन वन कार्यालयको अवधिका योजनामा समावेश हुनुपर्ने विषयमा भएका व्यवस्था छुट भएका विषयहरु मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाईएको।

६) वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन निर्देशिका २०८१ मस्यौदा तयार

प्रदेशमा रहेका सरकारद्धारा व्यवस्थित समुदायमा आधारित वनमा उपयुक्त वन संवर्धन प्रणाली अपनाइ वन, वन्यजन्तु, जलाधार तथा जैविक विविधताको एकीकृत संरक्षण, संवर्धन, व्यवस्थापन गर्दै वन पैदावारको सतत् उपयोग गर्न वाञ्छनीय भएकाले वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन निर्देशिका २०८१ मस्यौदा तयारी।

७) प्रादेशिक जलवायु परिवर्तन रणनीति तथा कार्ययोजनाको मस्यौदा तयार

प्रदेशस्तरमा जलवायु परिवर्तनबाट हुने प्रभाव असरलाई न्यून गर्न वन अनुकुलित तुल्याउन प्रादेशिक जलवायु परिवर्तन रणनीति तथा कार्ययोजनाको मस्यौदा तयार

ख) कार्यक्रमगत प्रगती

गण्डकी प्रदेशको राष्ट्रिय तथा निजी वनबाट चालु आ.ब.मा ३,४७,५६६ क्यू. फिट काठ र ३४७.८१ चट्टा दाउरा उत्पादन।

विभिन्न सामुदायिक वनबाट ५७,०९१ क्यू. फिट काठ र ४९ चट्टा दाउरा विक्रिवितरण भएको।

वन पैदावारको विक्री, जडीबुटी संकलन र अन्य आम्दानीबाट रु. ६,९९,९१,४७९ राजस्व संकलन भएको। (गत आ.व मा पुष मसान्त सम्ममा राजश्व संकलन रु १,७५,५०,०५०) सामुदायिक वन उपभोक्ता समुहले वन पैदावार बिक्रीबाट रु. ५,१६,८४,०३२ आम्दानी प्राप्त गरेको।

वन पैदावार संकलन, कार्यक्रम कार्यान्वयन तथा भू संरक्षण कार्य मार्फत हालसम्म ३८ हजार श्रमदिन भन्दा बढी रोजगारी सिर्जना भएको। वन अपराध कार्यबाट बरामद भएको ८४७.५९ क्यू. फिट काठ लिलामी गरिएको। वन संरक्षण, विकास, व्यवस्थापन र सदुपयोगको लागि ६९ वटा सामुदायिक वनको कार्ययोजना नवीकरण भएको।

वन व्यवस्थापन स्थलगत अभ्यास १६ वटा। सामुदायिक वन उपभोक्ता समूह संस्थागत सुदृढिकरण तथा लेखा व्यवस्थापन कोचिङ तथा क्षमता अभिवृद्धि कार्यक्रम १५ वटा १ वन्यजन्तु संरक्षण कार्य तर्फ १२४ जिवित, २५ मृत गरी जम्मा १४९ वन्यजन्तु उद्दार गरिएको।

डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयहरुबाट २,१०,००० विरुवा उत्पादन भइरहेको। जलाधार संरक्षण र व्यवस्थापन तर्फ ५ वटा सिमसार क्षेत्र व्यवस्थापन, २८ वटा गल्छी पहिरोको उपचार, ९ स्थानमा ३ कि.मि. खोला किनारा संरक्षण, २ वटा पानी मुहान संरक्षण, ३ वटा सिँचाइ कुलो निर्माण तथा मर्मत भई ७ हेक्टर खेती योग्य जमिन संरक्षण, ८ हेक्टर क्षतिग्रस्त भुमि पुनस्र्थापना तथा हरियाली प्रवद्र्धन भई सोबाट १० हजार भन्दा बढी घरधुरीहरु लाभान्वित भएको।

०.०२ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको। समस्याग्रस्त घाइते र टुहुरा वन्यजन्तुको उद्धार र व्यवस्थापन गर्न पोखरा महानगरपालिकाको पचभैयामा प्रदेशस्तरीय प्राणी उद्यान तथा उद्धार केन्द्र निर्माणको काम भइरहेको।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रबाट २ वटा तालिम सम्पन्न भएको, २ वटा अध्ययन अनुसन्धानको क्ष्लअभउतष्यल उचभकभलतबतष्यल समपन्न ( कालिगण्डकी जलाधार क्षेत्रलाई कृषि र पर्यापर्यटन केन्द्रको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन र सेती मादी जलाधार क्षेत्रलाई औद्योगिक करीडोरको रुपमा विकासका लागि सम्भाव्यता अध्ययन ) जडीबुटी विरुवा १७००० गोटा (१६००० गोटा सतुवा र १००० गोटा दाँते ओखर ) रोपण गरिएको। सामुदायिक वन उपभोक्ता समूहका महिलाहरुको सिप अभिबृद्दीका लागि ५ दिने मौरीघार निर्माण तालिम सम्पन्न गरिएको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वातावरणीय परीक्षणको लागि रायसुझाव, जग्गा सट्टाभर्ना, बृक्षारोपणको लागत अनुमान तयारी, रुख कटान ईजाजत आदि काम गरिएको।

समष्टीगत प्रगतिः

वित्तिय प्रगतिः २७.३६ प्रतिशत र भौतिक प्रगतिः ४० प्रतिशत




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *