सुनको भाउ तोलामा एक हजार ४ सयले बढ्यो

डिसी नेपाल
१६ माघ २०८१ ११:३६

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *