एपीएफले उचाल्यो एन्फा महिला लिगको उपाधि
काठमाडौं । एन्फा महिला लिगको उपाधि एपीएफ क्लबले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफले लिगको उपाधि जितेको हो। एपीएफको जितमा सबिता राना मगरले २ र सुरु लिम्बु तथा अनु लामाले समान १–१ गोल गरिन्।
पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको खेलको दोस्रो हाफको ६४औं मिनेटमा सविताको गोलमार्फत एपीएफले सुरुआती अग्रता लियो।
त्यसको ६ मिनेटपछि नै सुरु लिम्बुले अग्रता दोब्बर बनाइन्। ८४औं मिनेटमा सविताले तेस्रो गोल गरिन्। इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपिएफको ४–० को जित पक्का गरिन्।
अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले पहिलो चरणको लिगमा ९ खेलमध्ये ८ मा जित र १ बराबरी गर्न सफल भयो। उपाधिसँगै एपिएफले नगद १० लाख प्राप्त गरेको छ। उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ।
Facebook Comment