रमालक्ष्मी गौतमका दुई कविता
दिदी बहिनी अघि सरौँ
दिङ्ला गाउँ कटहरे बितलप हो घर
आफ्नो आफ्नो नाम लेखौं सबै जम्मा भर
छोरा जस्तै छोरी पनि ज्ञान हाँसिल गरी
नाच गानमा भाग लिउँ सबै अघि सरी।
सिंह बाहिनी देवीथानमा खाली र छ पाटी
त्यही गई भेला हुने गरौँ सबै साथी
कोही भन्छन् फुर्सद् छैन कोही सकिँदैन
यस्तो चाल गरे पछि अघि बढिँदैन।
बल्ल बल्ल आई पुग्यो नारी अधिकार
कति गर्नु काम धन्दा कति रुँघ्नु घर
बेला मौका बैठकमा जाने आउने गरौँ
अन्यायका कामलाई न्याय तिर साराैँ।
युवाहरु भेला भई गर्न थाले गठन
सिंह बाहिनी समाज सेवा संस्था खोल्न
गाविस होे केउरेनी वडा नं. एकमा घर
सिंह बाहिनी संस्थालाई जगाउँ सबै भर।
हाम्रो गाउँ मिलिझुली एक हुनु पर्ने
नाच गानको उठान् पनि युवा नै छन् गर्ने
संगिनी र वालन भजन गर्नु पर्छ भन्छन्
कहिल्यै पनि सकिँदैन लेखी झ्याउरे गन्थन।
ठाक्क ठुक्क नाच लाए मारुनी छन् घुम्ने
भm्याउरे गीत गाए पछि संगिनी को सुन्ने?
नयाँ चलन गरौं भन्छन् पुरानै छ खेती
यस्ता यस्ता वार्ता बुझी नमेटियोस थिति।
संगिनी र वालन भजन पहिले चली आको
मस्न हुन्न रीति थिती बाउ बाजेले लाको
नारीहरुको संगिनी हो पुरुषको बालन
यस्तो कीर्ति चलाउँ हामी गरौँ नाच्ने साधन।
युवतीले ताली पिटे युवा नाच्नु पर्छ
अन्याय र अत्याचारलाई अब मास्नु पर्छ
सिंह बाहिनी स्कुलमा जनता जुटाएर
समाज सेवा गर्नु प¥यो मन मिलाएर।
गुरु षडानन्द
एक दिनको कुरा हो यो दिङ्ला पुर हो सुनिदिनोस् यहाँ
लक्ष्मी नारायणको विवाह हुन गयो रुक्मिणीका साथमा
लक्ष्मीका कुलमा जन्म हुन गए छोरा र छोरीहरु
चन्द्र सूर्य सरी बढे दिन दिनै धेरै बयान के गरुँ?
छोरा चार थिए र छोरी तीन ओटी उनका अगाडि अनि
विद्याले विधिले विवाह गरी दिए छोरीहरुको पनि
देउताको अवतार थियो षडाजीको मनमा विचार यो गरे
लक्ष्मी नारायणका छोरा हुन् भनी झटपट अगाडि सरे।
आइ रुक्मिणीका बसे कोखमा आमा भनौँला भनी
पिता स्वर्गे भए उसै वखतमा आश्चर्य भैगो अनि
छोरी साथ लिई बसिन् रुक्मिणी त्यही जन्म भूमिमा
त्यही औवसरमा षडानन्द पनि जन्मी दिएछन् त्यहाँ।
जन्मे बालक पूर्ण चन्द्र सरिका दिङ्लै उज्यालो भयो
उनको वर्णन गर्न सक्छ कसले? भन्ने विधानमा छ यो
मामाका घरमा बढे सरसरी ध्यानी र ज्ञानी भए
सानै बालकमा पढुँ अब भनी हिँडेर काशी गए
गुरुआश्रममा पुगे षडजी हेरि रहेका थिए
घर कहाँ हो बटुवा? भनेर गुरुजीले हाँसेर उत्तर दिए।
साना बालक छन् अति चहकिला गुरु चरणमा परे
नेपालमा घर हो अधिकारी थर हो भन्दै अगाडि सरे
नेपाली यति सानो आज कसरी आइ पुग्यो हो भनी
ज्यादै हर्ष गरी पढाई दिनु भो गुरुहरुले पनि।
षडानन्द थिए चलाख चतुरा विद्या पूरा भो अनि
हात जोडी विन्ती गरे गुरु सँगै जान्छु म घरमा भनी
घुमे देश विदेश आए घरमा गाउँ खुशी पार्दिए
गुठीको व्यवहार मिलाई सहजै विद्या पनि छर्दिए।
सुन्दरहरैंचा-११, कर्जुना, मोरङ
Facebook Comment