वासिंटन विमान दुर्घटनामा ४० जनाको शव प्राप्त, कोही जीवित नरहेको आशंका

डिसी नेपाल
१८ माघ २०८१ ११:३२

काठमाडौं। अमेरिकाको वासिङ्टन डिसीको आकासमा सैन्य हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त विमानमा सवार कोही पनि जीवित नरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

विमान दुर्घटनामा हालसम्म ४० जनाको शव पोटोम्याक नदीबाट निकालिएको छ । विमानमा चालक दलका सदस्य सहित ६४ जना यात्रु र हेलिकप्टरमा ३ जना सवार रहेका थिए । अधिकारीहरुका अनुसार विमान र हेलिकप्टरमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ ।

दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन । विमानको फ्लाइट डाटा रेकर्डर ब्लाक बक्स भर्खरै फेला परेकाले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अनुमान गरिएको छ । नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

बोर्डले एक महिनामा प्रारम्भिक प्रतिवेदन बुझाउनेछ । अत्यधिक चिसोका कारण खोज तथा उद्दारमा समेत कठिनाइ भइरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनामा ज्यान गुमाउनेका परिवारसँग भेट गर्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *