समाजवादी मोर्चा आवद्ध युवा संगठनले सरकारविरुद्ध निकाले र्‍याली

डिसी नेपाल
१८ माघ २०८१ १७:००

काठमाडौं । समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलका युवा संगठनले भ्रष्टाचार, कालोबजारी, महँगीविरुद्ध विरोध र्‍याली निकालेका छन्।

समाजवादी मोर्चाको समाजवादी युवा मोर्चाले भ्रष्टाचार, कालोबजारी, महँगीविरुद्धमा र जनजीविकाका पक्षमा संयुक्त प्रदर्शन गर्दै विरोध र्‍याली निकालेका हुन्।

शुक्रबार काठमाडौंको माइतीघरबाट सुरु भएको विरोध र्‍याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल, नेकपा (एकीकृत समाजवादी) को युवा संगठन युवा संघ नेपाल, विप्लव नेतृत्वको नेकपाको युवा संगठन युवा संगठन नेपाल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको युवा संठन नेपाल समाजवादी युवा संघले विरोध र्यालीको आयोजना गरेका हुन्।

वर्तमान सरकारले जनविरोधी गतिविधिहरू गरिरहेको निष्कर्षसहित खबरदारीका लागि संयुक्त प्रदर्शन गरिएको उनीहरूले जनाएका छन्। वर्तमान सरकार बनेदेखि नै भ्रष्टाचार, महँगी र कालोबजारी मौलाएको र जनजीविका अस्तव्यस्त बनेको उनीहरूको आरोप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *