कांग्रेस महाधिवेशन ८४ को चुनावअघि गर्नैपर्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कांग्रेसको अधिवेशन १५औं महाधिवेशन २०८४ को चुनावअघि गर्नुपर्ने बताएका छन्।
संविधानमै एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएकोले २०८४ को चुनावअघि नै महाधिवेशन गर्नै पर्ने थापाले बताए।
‘२०८४ को स्थानीय चुनाव,आम चुनावभन्दा अगाडि पार्टीको अधिवेशन नगरिकन पाइँदैपाइँदैन। त्योभन्दा पहिले पार्टीको अधिवेशन गर्नैपर्छ। अधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ। त्यो नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्छ,’ उनले भने।
महाधिवेशन चाँडो गर्ने गरी पार्टीभित्र छलफल भइरहेको उनले बताए। नेपाली कांग्रेसले १४औं महाधिवेशन २०७८ पुसमा सम्पन्न गरेकोमा उक्त मितिले २०८३ भित्र १५औं महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया
Facebook Comment