महोत्तरीको जलेश्वर कारागारका एक कैदीको मृत्यु
जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन्।
अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २स्३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
महरा २०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर भएपछि जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment