प्यालेस्टिनी मुद्दामा साउदी अरब, इजिप्ट, जोर्डन र कतारको बैठकमा के भयो ?

डिसी नेपाल
२० माघ २०८१ १३:४०

काठमाडौं । इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, प्यालेस्टाइनी अथोरिटी र अरब लिगका विदेशमन्त्रीहरूले गाजाबाट प्यालेस्टाइनीहरूलाई निकालेर अन्य ठाउँमा सार्ने विषयमा छलफल गरेका छन्।

कायरोमा भएको बैठकमा यी सबै देशका विदेशमन्त्रीले गाजाबाट प्यालेस्टाइनीहरूलाई जबरजस्ती निकालेर अन्यत्र बसोबास गराउने पक्षमा नरहेको बताए ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनीहरूलाई गाजाबाट निकालेर इजिप्ट र जोर्डनमा बसोबास गराउनुपर्ने बताएका थिए ।

अब यी देशका नेताहरूले इजिप्ट र जोर्डनले गाजाका जनतालाई स्वीकार गर्ने कुरा सही नभएको बताएका छन् । यसले क्षेत्रको स्थायित्वमा खतरा उत्पन्न हुन सक्ने उनीहरूको दाबी छ ।

समाचार एजेन्सी एएफपीका अनुसार एक संयुक्त वक्तव्यमा यी नेताहरूले “प्यालेस्टिनीहरूलाई विस्थापन वा उनीहरूको भूमिबाट कुनै ठाउँबाट हटाउन प्रोत्साहन गर्नु” प्यालेस्टिनी नागरिकहरूको अधिकारको हनन हुने बताए।

इजिप्टका राष्ट्रपति अब्दुल फताह अल-सिसीले प्यालेस्टाइनी जनतालाई आफ्नो भूमिबाट बाहिर निकाल्नु अन्याय हो र हामी यसमा सहभागी हुन सक्दैनौं भने।

यी नेताहरूले मध्यपूर्वमा शान्ति स्थापना गर्न र दुई राष्ट्र सिद्धान्तका आधारमा यो समस्या समाधान गर्न ट्रम्प प्रशासनसँग मिलेर काम गर्न तयार रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *