भारतले जित्यो यू–१९ महिला टी–२० विश्वकपको उपाधि
काठमाडौं । आईसीसी यु–१९ टी–२० विश्वकपको फाइनल खेलमा भारतीय महिला टोलीले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेको छ ।
मलेसियाको क्वालालम्पुरमा आइतबार भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकी टोलीले २० ओभरमा ८२ रन बनाएर भारतीय टोलीलाई ८३ रनको लक्ष्य दिएको थियो ।
त्यसपछि भारतीय टोलीले ८ दशमलव ४ ओभर बाँकी रहँदै लक्ष्य पूरा गरेको थियो ।
बलिङमा भारतका लागि त्रिशा गोंगडीले ३, पारुनिका सिसोदिया, आयुषी शुक्ला र वैष्णवी शर्माले २/२ विकेट लिए ।
भारतीय टोलीका लागि ब्याटिङ गर्दा त्रिशा गोंगडीले सर्वाधिक ४४ रन बनाएकी छिन् ।
प्रतिक्रिया
Facebook Comment