धनुषामा २५ किलो गाँजा बरामद, दुई जना फरार

डिसी नेपाल
२० माघ २०८१ १७:३८

धनुषा । मिथिला नगरपालिका-८ बडहरी पुलबाट प्रहरीले करिब २५ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले आइतबार बिहान बागमती प्र.०२-०२९ प ३७३६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

यसक्रममा मोटरसाइकल र ब्याग छोडे मोटरसाइकलमा सवार दुई जना व्यक्ति फरार भएका छन्।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *