सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एलिट अचिभर्स नाइट सम्पन्न
काठमाडाैं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडिआरटी सीओटी र टटमा योग्य भएका एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ। रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरु, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरुको उपस्थिति रहेको थियो।
२०२५ को लागि कम्पनीबाट १ जना टट, २ जना सिओटी अनि २४ जना एमडिआरटीको लागि योग्य भएका छन्। टटको लागि योग्य नमिता न्यौपाने यसअघि पनि २ पटक टट भइसक्नुभइको छ। साथै, रण बहादुर तामाङ पहिलो पटक सिओटीको लागि योग्य भएका छ भने नारायण बहादुर गुरुङ दोस्रो पटक सिओटीको लागि योग्य भएका हुन्।
विश्वभरिका अभिकर्ताहरु माझ मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) निक्कै नै प्रख्यात छ। यस मञ्चमा तोकिएका मापदण्डहरु पूरा गर्न सफल भएका विश्वभरिका अभिकर्ताहरुको वार्षिक रुपमा उपस्थिति रहने गर्दछ। सन् २०२५ का लागि एमडिआरटीको लक्ष ४६ लाख ९२ हजार ९००, सिओटीको लागि १ करोड ४० लाख ७८ हजार ७०० र टटको लागि २ करोड ८१ लाख ५७ हजार ४०० तोकिएको थियो।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सी म्यानेजरहरूलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढि सहभागिता बढाउनका लागि कम्पनीबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताएका थिए। यसका साथै कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताहरू आधारशिला भएकाले कम्पनीमा कार्यरत सम्पूर्ण अभिकर्ताहरुलाई पनि धन्यवाद प्रदान गरेका थिए।
Facebook Comment