सुनको मूल्य स्थिर,चाँदीको घट्यो
काठमाडौं। नेपाली बजारमा सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन आइतबार पनि सुनको मूल्य स्थिर रहेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
Facebook Comment