‘घरज्वाइँ’ निर्माणले घोषणा गर्‍याे ‘मितज्यू’

डिसी नेपाल
२१ माघ २०८१ ११:४९

काठमाडाैं। यसवर्षको हिट सिनेमा ‘घरज्वाइँ’ निर्माण सिनेमा निर्माण घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वति पूजाको अवसर पारे जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहने सिनेमा ‘मितज्यू’ घोषणा गरिएको हो ।

सोमबार सार्वजनिक सिनेमाको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडी हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । भ्यानको माथी खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ । सिनेमाको सार्वजनिक थिम पोस्टरबाट ‘मितज्यू’को कथावस्तु बारेमा जानकारी दिइएको छ ।

यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ बक्सअफिसमा हिट भएपछि सोही टिमले निर्माण गर्न लागेको सिनेमा वर्ष २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ । यो वर्ष ५१ औं दिन मनाउने सिनेमा सूचीमा ‘घरज्वाइँ’ पर्छ । जुन सिनेमाले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । सिनेमालाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने सिनेमामा को-को कलाकार रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन् । केही दिनपछि बाट सिनेमाको कास्ट एण्ड क्रिउको बारेमा जानकारी दिँदै जाने निर्माता जनक घर्ती मगर बताउँछन् । महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् । नोभिस आर्ट्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ्ग पुष्प आले मगरले गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *