भारतीय मूलकी संगीतकार चन्द्रिका टण्डनलाई प्रतिष्ठित ग्रामी अवार्ड
काठमाडौं । अमेरिकी सहर लस एन्जलसमा ६७ औं ग्रामी अवार्डको घोषणा हुँदैछ । यस समारोहमा कुल ९४ वटा अवार्ड प्रदान गरिने छ ।
भारतीय अमेरिकी संगीतकार चन्द्रिका टन्डनको एल्बम त्रिवेणीले बेस्ट न्यू एज एल्बम च्यान्ट विधामा ग्रामी अवार्ड प्राप्त गरेको छ । यी बाहेक सितारवादक पण्डित रविशंकरकी छोरी अनुष्का शंकरले पनि ग्रामीमा मनोनयन पाएकी छिन् ।
रेकर्ड भफ द इयर केन्ड्रिक लामरलाई, संग अफ द इयर केन्ड्रिक लामरको नट लाईक असलाई, एल्बम भफ द इयर बियोन्सेको काउब्वाय कार्टरलाई, उत्कृष्ट र्याप प्रदर्शन केन्ड्रिक लामरको नट लाईक असलाई, सर्वोत्कृष्ट र्याप गीत केन्ड्रिक लामरको नट लाईक असलाई, सर्वश्रेष्ठ ल्याटिन पप एल्बम शकिरालाई, उत्कृष्ट पप डुओ/समूह प्रदर्शन लेडी गागा र ब्रुनो मार्सलाई र उत्कृष्ट नयाँ कलाकार चैपल रोनलाई प्रदान गरिँदैछ ।
Facebook Comment