युरोपेली संघमाथि पनि कर लगाउने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघमा ‘छिट्टै’ कर लगाउने बताएका छन् । उनले भनेका छन्, ‘युरोपियन युनियनले अमेरिकाको फाइदा उठाएको छ ।’
राष्ट्रपति ट्रम्पले भने, “उनीहरूले हाम्रा कारहरू लिँदैनन्, हाम्रा कृषि उत्पादनहरू किन्दैनन्, तिनीहरूले हामीबाट लगभग केही पनि लिँदैनन्। हामी तिनीहरूबाट लाखौं कारहरूदेखि लिएर ठूलो परिमाणमा खाद्यान्न र कृषि उत्पादनहरू लिन्छौं।”
युरोपेली संघमा कर लगाउने समयसीमा छ कि छैन भनेर बीबीसीले सोध्दा ट्रम्पले भने, ‘म यो समयसीमा छ भनेर भन्न सक्दिन, तर छिट्टै लगाइनेछ।
राष्ट्रपति ट्रम्पले भने, ‘विश्वका प्राय सबै देशले अमेरिकालाई धोका दिएका छन् । हामी लगभग हरेक देशसँग घाटामा छौं र हामीले यसलाई परिवर्तन गर्नुपर्छ। यो ठीक होइन।”
प्रतिक्रिया
Facebook Comment