प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि आज सिंगापुर जाँदै

डिसी नेपाल
५ भदौ २०७६ ७:५१

काठमाडौं। प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि बिहीबार (आज) सिंगापुर जाँदैछन्। यसअघि प्रधानमन्त्री ओलीले सिंगापुरमा करिव एक साता उपचार गराएर साउन २७ गते स्वदेश फर्किएका थिए।

यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहअनुसार सिंगपुर जान लागेका ओलीलाई औषधिको साइड इफेक्ट पनि देखिएको छ।

औषधिको साइड इफेक्टले ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या उनमा देखिएको छ। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *