सभामुखले बोलाए प्रमुख सचेतकहरुको बैठक

डिसी नेपाल
२३ माघ २०८१ ९:१८

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो तीन बजे सिंहदरबारमा तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् । बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *