चितवन अदालतमा हाजिर भए रवि

डिसी नेपाल
२३ माघ २०८१ १२:१३

काठमाडौं । सहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा हाजिर भएका छन्।

उक्त सहकारीको बचत अपचलन प्रकरणमा आफुबिरुद्ध ठगीको मुद्दा दर्ता भएपछि लामिछाने बुधबार अदालतमा हाजिर भएका हुन्।

अदालत हाजिर भएसँगै लामिछानको मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सुरु भएको छ। बयान पछि थुनछेक बहस हुने बुझिएको छ।

मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो।

जसमध्ये १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *