गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन

डिसी नेपाल
२३ माघ २०८१ १४:५२

काठमाडौं । दलितमाथि हिंसा गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएको भन्दै प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागी दलित अधिकारकर्मी खगेन्द्र सुनारलगायतले गृहमन्त्रीले नै दलितमाथि अत्याचार गरेको भन्दै राजीनामा माग गरेका हुन्।
राज्यका निकायमा बसेका मान्छेले नै दलितमाथि अत्याचार गरेको सुनारको आरोप छ। उनले कांग्रेस शीर्ष नेतासँग दलितमाथिको भएको विभेदको धारणा माग गर्ने बताए। त्यस्तै सुनारले कांग्रेस पार्टी कार्यालय, दलीय आयोग लगायतका निकायमा धर्ना दिने उल्लेख गरे।

यता अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्रीको बारेमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गृह मन्त्रालयले आपत्ती जनाएको छ।

मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ। संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्‍याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिवद्ध रहेको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *