युक्रेनको कब्जामा रहेका दुई नेपालीको उद्धार

डिसी नेपाल
२४ माघ २०८१ ९:२१

काठमाडौँ युक्रेनको सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ। उनीहरु विगत ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका थिए ।

भारतको नयाँ दिल्लीस्थित एक शैक्षिक परामर्श केन्द्रमा ३ महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा उद्धार गरिएको हो।

उनीहरूलाई युक्रेनको लागि श्रीलंकन अनरीकाउन्सिलर किरिल कार्नेटको रोहवरमा माल्दोवा बोर्डरमा लगेर बुधबार छोडिदिएको हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *