चितवन जिल्ला अदालतमा रविविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने
![चितवन जिल्ला अदालतमा रविविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने](https://www.dcnepal.com/wp-content/uploads/2024/12/Rabi_lamichhane.jpg-1.jpg)
काठमाडौं– चितवनकाे बहुउद्देश्यीय सहकारी संस्थाकाे रकम ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ । हिजो जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयानपछि सुरु भएको थुनछेक बहस नसकिएकाले आज पुनः बहस हुने भएको हो ।
बुधबार बहस नसकिएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासतमा पठाइएको थियो । प्रहरीले लामिछानेलाई बिहान १० बजे जिल्ला अदालतमा उपस्थित गराएपछि आजको बहस सुरु हुनेछ । बहस सकिए आजै आदेश आउने सम्भावना रहेको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।
Facebook Comment