पोग्बामाथि दुर्व्यवहार गर्नेहरुलाई ट्वीटरले गर्यो कारबाही !
एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बामाथि रंगभेदी दुर्व्यवहार गर्नेहरुलाई सामाजिक संजाल ट्वीटरले कारबाही गरेको छ ।
ट्वीटरले एक विज्ञप्ति निकाल्दै पोग्बामाथि दुर्व्यवहार गर्नेहरुको ह्यान्डल पत्ता लागेको र उनीहरुको ट्वीटर ह्यान्डललाई कारबाही गरिएको जनाएको छ । यस्तै ट्वीटरका प्रतिनिधिहरुले खेलाडीलाई ट्वीटरको माध्यमबाट हुने दुर्व्यवहारबारे युनाईटेडका प्रतिनिधिसँग भेट गर्दै छलफल समेत गरेको छ ।
प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सविरुद्ध पेनाल्टीमा गोल गर्न असफल भएपछि ट्वीटर लगायतको सामाजिक संजालमा पोग्बाविरुद्ध धेरै रंगभेदी टिप्पणीहरु आएको थियो । उक्त खेलमा युनाईटेड १–१ गोलको बराबरीमा समेत रोकिएको थियो ।
पोग्बाविरुद्ध दुर्व्यवहार भएपछि चौतर्फी विरोध भएको छ । इंग्ल्याण्ड महिला टिमका प्रशिक्षक फिल नेभिल्सले खेलाडीले सामाजिक संजाललाई बहिस्कार नै गर्नु पर्ने धारणा राखेका छन् । यस्तै क्लबले दुर्व्यवहार गर्नेहरुको छानबिन समेत भईरहेको जनाएको छ ।
Facebook Comment