पोखरा फाइनान्सका सीईओ निष्कासित
काठमाडौं । पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवि चन्द्र गुरुङलाई पदमुक्त गरिएको छ।
सञ्चालक समितिको बुधबारको बैठकले सोही दिनबाट लागू हुने गरी गुरुङलाई पदमुक्त गरेको हो।
समितिले गुरुङलाई हटाएर कामुको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई दिएको छ। समस्याउन्मुख भएको भन्दै पोखरा फाइनान्स राष्ट्र बैंकको कारबाहीमा परेको छ।
राष्ट्र बैंकले स्थलगत निरीक्षणको क्रममा सञ्चालक समितिले संस्थाको कामकारबाहीमा निगरानी नगर्दा समस्याउन्मुखको अवस्थामा पुगेको भन्दै सञ्चालक समितिलाई सचेत गराएको थियो। लगत्तै बैंकले फाइनान्सको सीईओ गुरुङलाई सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको तथा राष्ट्र बैंकबाट जारी सहुलियपूर्ण कर्जासम्बन्धी मार्गदर्शन उल्लंघन गरिएको भन्दै पहिलो पटकका लागि सचेत गराएको हो।
Facebook Comment