धनगढीमा २६ माघमा भीम रावलको जागरण भेला
धनगढी । मातृभूमि जागरण अभियानका अभियन्ता पूर्वउपप्रधानमन्त्री भीम रावलले २६ माघमा धनगढीमा जागरण भेला गर्ने भएका छन्।
आज धनगढीमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेबाट निष्कासित नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने बताएका हुन्।
उनले भेलामा उपस्थित हुन सबैलाई आग्रह गरेका छन्। ‘कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दै छौ। भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उपस्थितिको लागि हार्दिक आह्वान गर्दछु,’ उनले भने।
मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माण गरिने उनको भनाइ छ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन्। ओली निरङ्कुश र स्वेच्छाचारी भएको आरोप लगाउँदै अध्यादेश गलत बाटोबाट ल्याइएको उनको तर्क छ।
Facebook Comment