लागूऔषधसहित हिँड्दै गरेका २३ र २२ वर्षीय युवायुवती पक्राउ
धनगढी । कैलाली प्रहरीले लागूऔषधसहित हिँड्दै गरेका दुई युवायुतीलाई पक्राउ गरेको छ।
बुधबार धनगढी उपमहानगरपालिका–३ भन्सार कार्यालय नजिकबाट लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भरत सन्ज्याललाई ११० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
यस्तै बुधबार नै धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट गोदावरी नगरपालिका–२ घर भई हाल मिलन चोक कोठा गरी बस्ने २२ वर्षीय बिष्ना पालीलाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment