केपी ओली कपको पूर्वसन्ध्यामा राजनीतिज्ञ र कलाकारबीच फुटबल प्रतियोगिता हुने
काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने भएको छ। शुक्रबार दिउँसो दुई बजे लैनचौरस्थित एनसेल खेल मैदानमा हुने फुटबल प्रतियोगितामा राजनीतिज्ञ र कलाकारीबीच प्रतिश्पर्धा हुने भएको हो।
सो मैत्रीपूर्ण खेलमा राजनीतिज्ञ समूहबाट भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकश शर्र्मा, माओवादी केन्द्रका सचिव शक्ति बस्नेत एमाले नेता भानुभक्त ढकाल, महेश बस्नेत,राजीव पहारी, युवा संघका अध्यक्ष क्षितिज थेबे, एमाले प्रमुख सचेतक महेश बर्तौला,माओवादी केन्द्रका नेता दिपशिखा, सुबोध सिर्पाली, एमाले संसद सुहाङ नेम्वाङ, कृष्णहरि केसी, पुष्प श्रेष्ठ, बिनय शाह, फुर्वा लामा, नबिना लामा,रञ्जु राईलगायत छन्।
यसैगरी कलाकारबाट धिरेन शाक्य, बद्रि पंगेनी, दिनेश डिसी, आकाश श्रेष्ठ, दिपा श्री निरौला, बल्छी ध्रुवे, जितु नेपाल,माग्ने बुडा, बलेसहित मोडल र नयाँ कलाकार रहेका छन्।
राजनैतिक दलको सहूहबाट टिम क्यापटेन क्षितिज थेबे छन् भने कलाकारबाट बद्री पंगेनी रहेको छन्।
राष्ट्रिय युवा संघले गत बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने सार्बजनिक गरेको छ। उक्त खेलको प्रचारको लागि बिभिन्न समूह बनाएर खेल खेल्न लागिएको आयोजकले जनाएको छ।
‘जहाँ युवा, त्यहाँ खेलकुद’ भन्ने मुल नाराका साथ सुरु हुने खेलमा नेपालका ए डिभिजन लिगका क्लब र विदेशी क्लबहरु सहभागी हुने अध्यक्ष क्षितिज थेवेले जानकारी दिए। प्रतियोगितामा भारत, भुटान र उजबेकिस्तानका क्लब सहभागी हुने जनाइएको छ।
प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो र दोस्रो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो।
प्रतियोगीतामा ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ। प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए।
प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने उनले बताए।
फुटबल जगतलाई ऊर्जा दिन निरन्तर केपी ओली कप फुटबल आयोजना गरिरहेको र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदयिमान खेलाडीले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने युवा संघको प्रवक्ता निरोज पौडेलले जानकारी दिए।
Facebook Comment