बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
![बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा](https://www.dcnepal.com/wp-content/uploads/2025/02/IMG-20250206-WA002311.jpg)
धरान (सुनसरी)। युकेएफसी फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै एनआरटी फुटबल क्लब २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
धरान रंगशालामा आज भएको खेलको २८औँ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले गिदोन नहाको पासमा गोल गरेका थिए। त्यस्तै खेलको ४५औँ मिनेटमा र ७६औँ मिनेटमा एनआरटीका शिशिर लेखीको पासमा प्रदीप बुढाथोकीले गोल गरे। युकेएफसीका लागि हेमराज भुजेलले खेलको ३१औँ मिनेटमा सान्त्वना गोल गरे।
आजको खेलको ‘म्यान अफ दी म्याच’ एनआरटी फुटबल क्लबका शिशिर लेखी घोषित भए। उनले रु १० हजार पुरस्कार प्राप्त गरे। अब शनिबार उपाधिका लागि एनआरटी फुटबल क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले रु एक लाख, सर्वाधिक गोलकर्ताले रु ३५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने छन्।
Facebook Comment