सुनको भाउमा सामान्य गिरावट, आज कतिमा हुँदैछ किनबेच?

डिसी नेपाल
२५ माघ २०८१ १२:१७

काठमाडौं। नेपाली बजारमा सुनको भाउ शुक्रबार चार सय रुपैयाँले घटेको छ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा झरेको छ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो। यसअघि मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला १९००, २२०० र १६०० रुपैयाँले बढेको थियो।

यता, शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *