७५ जना इन्सपेक्टर डीएसपीमा बढुवा (नामावली)

डिसी नेपाल
२६ माघ २०८१ ६:३७

काठमाडाैं। नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन्। प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको कार्यालयले गएराति इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका ७५ जनाको सूची सार्वजनिक गरेको हो।

बढुवा समितिको शुक्रबार बसेको बैठकले ७५ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्ने निर्णय गरेको हो।

तर, नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा गर्दा व्यापक तलमाथि गरेको छ।

शुक्रबार राति प्रहरी प्रधान कार्यालयको बढुवा समितिले इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका ७५ जनाको सूची सार्वजनिक गर्दा व्यापक तलमाथि गरेको देखियो।

पहिलो नम्बरमा भएकालाई ६५ नम्बरमा पुर्याइएको छ। २९ नम्बरकालाई एक नम्बर ३२ नम्बरकालाई २ नम्बरमा बढुवा गरिएको छ। ८ नम्बरका लाई १६ मा लगिएको छ भने २४कालाई ५ मा झारिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *