खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु

डिसी नेपाल
२६ माघ २०८१ १३:२१

काठमाडौं । आगलागी भएको खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु गरिएको छ। आजै उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अवलोन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारको काम थालेको हो।

उक्त मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ।

खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन्।

आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ। खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *