अध्यादेशलाई सदनमा निर्णयार्थ प्रस्तुत गर्ने बेला भएको छैनः प्रधानमन्त्री (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलाई सदनमा निर्णयार्थ प्रस्तुत गर्ने बेला नभएको बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले अध्यादेश सम्बन्धमा सोधिएको प्रश्नबारे उनले अध्यादेशलाई मत बिभाजनमा लैजाने बेला नभएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आई नसकेको उल्लेख गरे । उनले अध्यादेश इफेक्टीभ रहेको पनि बताए।
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया
Facebook Comment