सन्तोष र भक्तराजको ‘सारा दिन अरूलाई दिएँ’ सार्वजनिक
![सन्तोष र भक्तराजको ‘सारा दिन अरूलाई दिएँ’ सार्वजनिक](https://www.dcnepal.com/wp-content/uploads/2025/02/68e08c5e-dd70-4093-a34d-a975d2104e90.jpg)
काठमाडाैं। विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको संगीत तथा गायक भक्तराज विश्वकर्माको स्वरमा ‘सारा दिन अरूलाई दिएँ’ बोलको गीत सोमबार सार्वजनिक गरिएको छ । निर्भीकजंग रायमाझीको शब्द रचना रहेको गीतको लिरिकल–भिडियो सार्वजनिक गरिएको हो ।
गीतकार निर्भीकका अनुसार यो गीत नारायणगोपाल तथा कवि ईश्वरवल्लभप्रति समर्पित गरिएको छ । ‘थाहै नपाई नारायणगोपालको गीत गुनगुनाउँदै जाँदा यो शैलीको गीत रचना हुन पुग्यो । त्यसैले नेपाली सुगम सङ्गीतका दुई महारथीलाई सम्झेर यो गीत समर्पित गरेका छौं’, उनले भने ।
गायक भक्तराजको पहिलो प्रस्तुति रहेको गीतको एरेन्ज राजु कार्कीले गरेका छन् भने मिक्सिङ, मास्टरिङ प्रकाश मिश्रको रहेको छ । अकस्टिक स्टुडियो काठमाडौं र जि-म्युजिक स्टुडियो युकेमा रेकर्ड गरिएको गीत संगीतकार सन्तोष श्रेष्ठको युट्युब च्यानल ‘गोल्डेन क्रियसन्स’बाट रिलिज गरिएको हो ।
Facebook Comment